February 5, 2021

विपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण

कपिलबस्तु ,२३ माघ
श्री पशुपति आधारभूत विद्यालयका विपन्न बालबालिकाहरुलाई न्यानो कपडा (ट्रयाक) वितरण गरिएको छ । रुपन्देही जिल्लाको रोहिणी गांऊ पालिका वडा नं.६ पर्सामा रहेको उक्त विद्यालयका २८० जना अति विपन्न बालबालिकाहरुका लागि विभिन्न दाताहरुको सहयोगमा उक्त ट्रयाक विततरण गरिएको हो । विद्यालयको अनरोधमा दलित सामाजिक विकास केन्द्र कपिलबस्तुको कार्यक्रम संयोजक गोविन्द धवलको विशेष पहलमा संस्थाका कर्मचारी, पदाकिारीहरु , तथा विभिन्न दानबीरहरुको सहयोगमा यो कार्यक्रम सम्पन्न भएको हो ।

सौजन्यकर्ताहरु कपिलवस्तु नगरपालिका – २ बस्ने शिवकरन कुर्मी, सि.न.पा अञ्चलपुरबस्ने राधेश्याम गुप्ता, जेनिथ कम्यूटर भैरहवाका संस्थापक भानूमरासिनी,रोहिनी गाउपालिका – ३ रुपन्देहीका कबरे आलम, धमेन्द्र कुमार धवल ,रोहिनी ४ पिपरहवा रुपन्देहीका का सुभान अन्सारी, विजयनगर गाउपालिका- २ कपिलबस्तुकी सम्झना गौतम, ज्योतीलाइफ ईन्सुरेन्स तौलिहवा प्रमुख गंगाराम गुप्ता,कपिलवस्तु नगरपालिका -१२ का प्रेमनाथ हरिजन, मायादेवी गाउपालिकम – ४ कपिलबस्तुका बेलाल खाँन,अकरम खाँन, कपिलवस्तु नगरपालिका – ३ का सुमन पोख्रेल, सुद्धोधन ५ क.ब. का अबिनाश बरुण , सुद्धोधन गाउपालिका- ६ कपिलवस्तु का सच्चाराम हरिजन, शिवराज कपिलबस्तुका अवधेश चिपी र सिनेमा सतरंग कपिलबस्तु रहेका थिए ।

त्यसै गरी दलित सामाजिक विकास केन्द्र कपिलबस्तुका अध्यक्ष रामशरन रैदास, बिन्दबासिनी हरिजन,लक्ष्मी चौधरी,शंगीता चौरसिया ,पुष्पा गुप्ता ,प्रशुराम निगम, कस्तुरी अग्रहरी,प्रिती गुप्ता,कामना देवी चौधरी,सरस्ती लुईटेल,विश्राम कोरी ,रमजानशाह,गोविन्द कुमार यादव, रामकरन कुर्मी, रामसुभग पासी,राजकुमार गौतम, प्रशुराम चौधरी,मीरा नेपाली,अनिता श्रीमाल,लौनी चौधरी र पूजा नेपाली रहेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नागेन्द्र प्रसाद धवलको अध्यक्षता, रोहिनी गाउपालिका वडा न.ं ६ का वडाध्यक्ष इन्द्रमान चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको ऊक्त कार्यत्रममा विद्यालयका प्र.अ. जत्तन मल्लाह,रामबरण हरिजन, चिन्तारहण चौधरीले दानबीरहरुमा विद्यालय तथा अभिभावक सदैव अभारी रहने कुरा व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *