February 10, 2021

पेट्रोलियम पदार्थको भाउ बढ्यो, पेट्रोल,डिजेल र मट्टीतेल २ रु र ग्यास मा रु२५ बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २÷२ रुपैयाँले बढाएको हो । योसँगै काठमाओडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।यसपटक खाना पकाउने एलपी ग्यास पनि महँगिएको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको हो ।अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।  बढाइएको मूल्यमा बिक्री गर्दा पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा नोक्सानकै अवस्था रहेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *