February 11, 2021

रास्ट्रपति प्रती सम्मान छ भनि लिखित बयानपछि झाँक्रीलाई रिहा गर्यौं : एसएसपी थापा

राष्ट्रपति विद्या भण्डारीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भएकी छिन् ।

बिहीवार दिउँसो १ बजे शंखमुलस्थित निवासबाट पक्राउ परेकी झाँक्री साँझ सवा ६ बजे रिहा भएकी हुन् ।

पक्राउ परेकी झाँक्रीलाई महानगरीय अपराध महाशाखा मीनभवनमा राखिएको थियो ।

‘संवैधानिक राष्ट्रपतिप्रति मेरो सम्मान रहेको छ, हिजो, आज र भोलि पनि उत्तिकै रहनेछ । संविधानमा भएको व्यवस्थाअनुसार अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको हकको उपयोग गरेकी हुँ भन्ने लिखित बयान दिएपछि रिहा गरेका हौं,’ महाशाखाका एसएसपी दीपक थापाले लोकान्तरसँग भने । 

झाँक्रीलाई उनका श्रीमान पशुपति पूरीको जिम्मा लगाइएको एसएसपी थापाले बताए । 

प्रहरी हिरासतबाट रिहा भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाँक्रीले चर्काे दबाबका कारण सरकारले आफूलाई छाड्न बाध्य भएको प्रतिक्रिया दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *