March 2, 2021

बबई गाउँपालिकामा १८ योजना सम्पन्न


दाङ्ग,निराजन के सि
१८-फागुन/ जिल्ला समन्वय समिति दाङले स्थानीय पालिकामा भइरहेका कामको अनुगमन कार्यलाई जारी राखेको छ । जिल्ला समन्वय समितिले जिल्लामा रहेका दश वटै पालिकामा चालु आर्थिक बर्षमा भइरहेका भौतिक पुर्बाधारका कार्यको अनुगमन गर्न सुरु गरेको हो ।
जिल्ला समन्वय समितिले हरेक बर्ष स्थानीय पालिकामा भइरहेका बिकास निर्माणका योजनाका बिषयमा अनुगमन गर्ने गरेको छ । समन्वय समितिले जिल्लामा बिकास निर्माण तथा नदिजन्य पदार्थको अनुगमन गर्ने गरेको छ । यसैक्रममा जिल्ला समन्वय समितिको टोलीले मंगलबार बबई गाउँपालिकामा भएका बिकास निर्माणको अनुगमन समेत गरेको छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको नेतृत्वमा बबईमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा बबई गाउँपालिकामा ३५ दशमलब ०४ प्रतिशत काम भएको जनाइएको छ । गाउँपालिकामा २९७ योजनामा अहिलेसम्म १८ योजना सम्पन्न भएका छन् भने १८१ वटा योजना सम्झौता भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *