March 3, 2021

आफ्नै डेरामा हत्या गरी टाउको र खुट्टा काट्ने महिलालाई आजीवन काराबास

फागुन १९, काठमाडौँ
राजधानीको गंगबुमा आफ्नै डेरामा एक पुरुषको हत्या गरी टाउको र खुट्टा काट्ने महिलालाई अदालतले आजीवन कारावास सजाय सुनाएको छ । काठमाडौँ जिल्ला अदालतले ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको छ। उनी अब जीवनभर जेलमै बस्नुपर्ने छ। तर जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छिन् । अत्यन्त क्रुर वा निर्ममतापूर्वक ज्यान मारेको भन्दै कल्पनालाई जन्मकैदको सट्टामा आजीवन काराबास गर्नुपर्ने न्यायाधिश राजेन्द्र अधिकारीको फैसलामा उल्लेख छ। उनलाई जन्मकैद मात्र भएको भए २५ वर्ष जेलमा बस्नुपर्ने थियो ।
श्रीमानसँग अलग भएर छोरीसँग बस्दै आएकी कल्पनाले लकडाउनका समयमा रोल्पाको रून्टीगढी गाउँपालिका–७ घर भएका कृष्णबहादुर बोहराको विभत्स हत्या गरेकी थिइन्। गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय बोहोरा कल्पनाको कोठामा नियमित आउने जाने गरेको प्रहरीको दाबी थियो । घटनापछि डेराबाट छोरीसहित भागेकी कल्पनालाई प्रहरीले चितवनबाट ल्याएको थियो। अदालतले उक्त घटनामा मतियार बनाइएकी कल्पनाकी छोरीलाई भने सफाइ दिएको छ। बालिकासमेत रहेकी ती किशोरीले कल्पनाले मारेपछि शव व्यवस्थापन गर्न सघाएको प्रहरीको दावी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *