July 18, 2021

कैलालीको गोदावरी नगरपालीका मा मोटरसाइकल दुर्घटना हुदाँ २२ वर्षीय जगत चौधरी को मृत्यु

फागुन २२, कैलाली
कैलालीको गोदावरी नगरपालीका मा मोटरसाइकल दुर्घटना हुदाँ एक पुरुष को मृत्यु भएको छ ।
नगरपालीकाको वडा नम्बर १ मा शुक्रबार राति से ३ प ३१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ जाईका आन्दाजी २२ वर्षीय जगत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका ले बताए ।
अत्तरियाबाट धनगढी आउने क्रममा भएको दुर्घटनामा परेका चौधरीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।