July 18, 2021

पत्रकार महासंघ पर्साको अध्यक्षमा प्रेस संगठनबाट राघव साह उम्मेदवार बन्ने

प्रेस संगठन नेपाल जिल्ला कार्य समिति पर्साकाे बैठक आज सम्पन्न भएकाे छ । प्रेस संघठन पर्साका संयोजक निरज पिठाकोटे मगरको अध्यक्षतामा बसेकाे बैठकले नेपाल पत्रकार महासंघ पर्साकाे अध्यक्षमा राघव साहलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।

चैतमा हुने पत्रकार महासंघकाे निर्वाचनकाे लागि अन्य पत्रकार संगठनहरुसंग सहकार्य र समन्वय गर्नकाे लागि बैठकले प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सचिव बृजलाल पासवानकाे संयाेजकत्वमा ५ सदस्यीय संवाद तथा सहाकार्य समिति समेत गठन गरेकाे छ ।

जुन समितिकाे सदस्यहरुमा अध्यक्ष पदकाे उम्मेदवार राघव साह, प्रदेश सदस्य तुलसी भन्डारी, किरण राज पाण्डे र जिल्ला संयाेजक निरज पिठाकोटे मगर रहेको छन् । नेपाल पाेष्ट डेलीकाे कार्यालयमा बसेकाे बैठकमा प्रेस संगठन नेपालका प्रदेश सदस्य कृष्ण उदास खनाल, जगत राई, प्रमाेद यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।

उम्मेदवार साह प्रेस संगठनका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सह संयाेजक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *