रास्ट्रीय युवा संघ नेपाल कैलालिको अन्तर्कृया कार्यक्रम सुखडमा सम्पन्न


डेमोक्रेसी सम्बादाता /सुखड
फागुन २८
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको कैलालीको छलफल तथा अन्तरक्रिया कार्यक्रम सुखडमा सम्पन्न भएको छ। कार्यक्रम मा कैलाली जिल्ला बाट प्रतिनिधित्व गर्ने रास्ट्रीय युवा संघ नेपालका केन्द्रिय प्रदेश र जिल्ला तथा नगर स्तरका युवा तथा बिद्यार्थी नेताहरुको उपस्थित रहेको थियो।युवा संघ लाई वडा बाटै बलियो गरि संगठन निर्माण गरि लैजानु पर्ने धारणा सहभागीहरुको रहेको थियो। रास्ट्रीय युवा संघ घोडाघोडी नगर कमिटी को समन्वयमा कैलाली जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा युवा नेता शिवराज चन्दले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सन्चालन टेकराज आचार्य ले गरेका थिए ।राष्ट्रिय युवा संघ कैलाली अध्यक्ष गणेश महराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापा प्रमुख अतिथि रहनु भएको थियो ।