March 27, 2021

बालिका बलत्कारी लाई १८ बर्ष कैद सजाय

नाबालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत उदयपुरले उदयपुरगढी गाउँपालिका ५ का २४ वर्षीय छविलाल श्रेष्ठलाई १८ वर्षको कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीको इजलाशले श्रेष्ठलाई बलात्कारी ठहर गरेको हो । श्रेष्ठलाई क्षतिपूर्ति वापत ७५ हजार रुपैयाँ र पीडित राहत कोषमा दुई हजार दुई सय रुपैयाँ जरिवाना भराउनसमेत अदालतले आदेश दिएको छ ।
श्रेष्ठले बालिकालाई २०७७ साल असार २४ गते उदयपुरगढीमा बलात्कार गरेका थिए । उजुरी परेपछि साउन १८ गते उनलाई पुर्पक्षको निम्ति जिल्ला कारागार चलान गरिएको थियो ।

अदालतले पीडिततलाई क्षतिपूर्तिवापत ७५ हजार रुपैयाँ भराउन आदेश दिएको छ । फैसलामा कसुरदारबाट राहत कोषमा २ हजार २ सय रुपैयाँ भराउन आदेश भएको श्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *