March 30, 2021

घोडाघोडीको एक बिद्यालयका प्रधानाध्यापकद्धारा कृते हस्ताक्षर गरि आर्थिक हिनामिना गरेको आरोप

चैत्र १७ सुखड– कैलालीको घोडाघोडी नगरपालिका १२ नक्फोडुवामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको खुलेको छ । विद्यालयले बनाएको ८ सदसिय सामाजिक लेखा टोलीले अनुगमन गर्दा आर्थिक अनियमितता भएको पाएको हो । विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार चौधरीले विभिन्न व्यक्तिको नाममा कृते हस्ताक्षर गरी नक्कली भौचर बनाएर आर्थिक अनियमितता गरेको पाईएको टोलीले बताएको छ ।

१५ सय लिएका व्यक्तिको नामकमा ५ हजार, वडामा नभएका व्यक्तिलाई पैसा दिएको, विभिन्नव्यक्तिहरूको कृत्रे हस्ताक्षर गरेको र होटलमा मदिरा सेवन गरेको बिल भेटिएको सामाजिक लेखा परीक्षण टोलीका सदस्यले जानकारी दिए । विद्यालयले बनाएको ८ सदस्य लेखा परीक्षण टोलीले एल.ई.डिको विषयमा बढी खर्च भएको र विभिन्न व्यक्तिहरूको नाममा फर्जी बिल पेस भएको टोलीले फेला पारेको छ ।

विद्यालयमा ठुलो आर्थिक अनियमितता भएको र प्रधानाध्यापक सन्तोष कुमार चौधरीले आफ्नै कृते हस्ताक्षर गरी १५ सय लिएको रकममा ५ हजार बनाएको बिल फेला पारेको लेखा परीक्षण टोली संयोजक खोज राम चौधरीले बताए । प्रधानाध्यापकले मेरै नामको कृते हस्ताक्षर १५ सय लिएको ठाउँमा ५ हजार बनाएको देख्दा बिल देख्दा आफू छक्क परेको खोज राम चौधरीले बताए ।

६ देखी ७ जनाको नाममा प्रधानाध्यापक सन्तोष कुमार चौधरीले यस्तै फर्जी बिल बनाएर पेस गरेको लेखा परीक्षण टोलीका संयोजक खोज राम चौधरीले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७६÷७७ को सामाजिक लेखा परीक्षण प्रतिवेदन बढी जसो एल.ई.डी चोरी प्रकरणमा आर्थिक हिनामिना गरेको पाइएको छ । विद्यालयको सरकारी बिल आफूले काट्ने गरेको र कन्स्ट्रक्सनको बिल प्रधानाध्यापक काट्ने गरेको लेखापाल बुद्धिसागर चौधरीले बताए ।

एल.ई.डिको आम्दानी र खर्चमा आफू संलग्नता नहुँदा त्यस बारेको हरहिसाब किताब आफू सँग नभएको उनले प्रस्ट पारे । प्रधानाध्यापकले कत्रे हस्ताक्षर गरी १५ सय लिएको रकममा ५ हजार बनाएको, मदिरा सेवन गरेको बिल बनाएको र विभिन्न व्यक्तिहरूको नाममा फर्जी बिल बनाउँदा विवाद उत्पन्न भएको उनले बताए । चैत्र १३ गते भएको सामाजिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रम हुँदा अभिभावकहरूले विरोध समेत गरेका थिए । त्यस पछि प्रधानाध्यापक सन्तोष कुमार चौधरीले आर्थिक अनियमितता गरेको कुरा खुल्नमा आएको हो ।

विद्यालयका अध्यक्षले हिसाब किताब मिलाउनको लागी फर्जी बिल बनाएको कुरा कार्यक्रममा बोलेको गाउँका बुद्धिजीवी दिल बहादुर चौधरीले बताए । नृतत्व तहबाट नै यस्तो गति विधि हुन थाले पछि अभिवाकहरू चिन्तामा परेका छन् । नृतत्व तह परिवर्तन हुनु पर्ने र आर्थिक अनियमितता व्यक्तिले पदमा बस्ने कुनै अधिकार नभएको दिल बहादुर चौधरीको भनाई छ ।

प्रधानाध्यापकले विद्यालयको बदनाम गर्ने काम र पदको दुरुपयोग गरेको उनले बताए । कार्यालयमा भेट्न जाँदा भाग्ने र टेलिफोनमा सम्पर्क गर्दा फोन अफ गर्ने गरेको अभिभावकहरू बत्ताउँछन् । कार्यक्रममा सहभागीहरूले प्रधानाध्यापक माथि प्रश्न माथि प्रश्न गर्न थाले पछि कार्यक्रममा विवाद सृजना भएको बताइएको छ ।

प्रधानाध्यापकले हर हिसाबको चित्त बुझ्दो जबाफ नदिए पछि कार्यक्रम अर्को दिन गर्ने भनेर भएको बताइएको छ । यता विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार चौधरी यो विषयमा खुल्न चाहेनन् । उनले हामी सँग फोनमा भएको कुराकानीमा सबै विषयको छिनो फानो त्यही दिन नै भएको प्रतिक्रिया दिएका छन् । आफुले कुनै गल्ती काम नगरेको र सबै कुरा निराकरण भई सकेको हुँदा त्यसमा कुनै दुई मत नरहेको प्रधानाध्यापक सन्तोष कुमार चौधरीले बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *