July 19, 2021

धनगढीमा वायु प्रदूषण अहिलेसम्मकै उच्च

धनगढीमा वायु प्रदूषण अहिलेसम्मकै उच्च देखिएको छ।

बिहीबार बिहान वातावरण विभागको तथ्यांक अनुसार धनगढीको वायु प्रदूषण सूचकांक (एक्यूआई) ४४२ पुगेको देखिएको हो।

यसरी हेर्दा वायु प्रदूषण घातक तहमा पुगेको देखिएको छ। तर अहिले भने वायु प्रदूषणमा केही सुधार भई सूचकांक (एक्यूआई) घटेर २०० नजिक पुगेको छ ।

घरघरमा प्लाष्टिक जलाउने गरिएको धनगढीको नगर क्षेत्र तथा वरपरका क्षेत्रका साथै पहाडका जङ्गलमा लागेको डढेलोको धुवाँका साथै भारतका दिल्ली, लखनऊ जस्ता ठूला सहरको दूषित वायु पनि हावासंगै आइपुग्ने गरेको जानकारहरु बताउँछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *