April 3, 2021

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) घोडाघोडी नगर कमिटीको कार्यालय सुखड्मा स्थापना

डेमोक्रेसी सम्बादाता,सुखड २१ शनिबार
सुखड-कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा नेकपा (माओवादी केन्द्र )ले आफ्नो नगर कमिटीको लागि कार्यालय स्थापना गरेको छ। सर्बोच्च अदालतले नेकपा एमाले र माओबादी केन्द्र ब्युताइदिए पछि नेकपा साबिक कै पार्टी को अवस्थामा फर्किएअपछी आफ्नो पार्टी को पार्टी कार्यालय र संगठन निर्माण गर्ने  क्रम भैरहेको अवस्थामा नेकपा (माओवादी केन्द्र)को आज सुखड मा नगर पार्टीको कार्यलय स्थापना भएको हो ।सो कार्यक्रम को प्रमुख अतिथीमा नेकपा माओवादी केन्द्र कि केन्द्रीय सदस्य रुपा चौधरी रहेकी थिइन भने कार्यक्रमको अध्यक्षता युवा नेता खगेन्द्र हमालले गरेका थिए कार्यक्रमका विशिष्ट अतिथिमा नेता खुशिराम चौधरी रहेका थिए।कार्यक्रममा नेकपा माओवादी केन्द्रलाइ देशकै पहिलो पार्टीको रुपमा स्थापित गर्ने र सो को लागि जनताको बिचमा गै व्यापक सङठन बिस्तार गर्ने र माओवादी नै परिवर्तनकारी शक्ति रहेको र सहिद को रगत र बलिदानीले लडेर ल्याएको लोकतन्त्र  संघीयता धर्मनिरपक्षता  संविधान र जनताको अधिकार को रक्षाका लागि लाग्नु पर्ने धारणा केन्द्रिय सदस्य रुपा चौधरीले बताइन भने कार्यक्रमको स्वागत मन्तव्य लाल बहादुर सुनार ले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *