कोरोना संक्रमणबाट पूर्व प्रधानसेनापति राणाको निधन


कोरोना संक्रमणबाट नेपाली सेनाका पूर्व प्रधानसेनापति अर्जुननरसिंह राणाको निधन भएको छ।
आइतबार बेलुका कोरोना र निमोनियाका कारण राणाको वीरेन्द्र सैनिक अस्पतालमा निधन भएको हो। ९१ वर्षीय राणा २०४४ सालदेखि २०४४ सालसम्म नेपाली सेनाको प्रधानसेनापति रहेका थिए।