July 18, 2021

नेपाल पत्रकार महासंघको चुनाव आज हुँदै

प्रेम ताडी,सुखड,चैत्र २५,

आज नेपाल पत्रकार महासंघको चुनाव देश भर नयाँ चयन इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत् हुँदै छ । नेपालमा आज पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्र, प्रदेश र शाखाको कार्य समितिका लागि चुनाव हुन लागेको हो । चुनाव बिहान ९ बजे देखि अपराह्न ४ बजे सम्म हुनेछ । देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको नेताहरू चुन्ने छन् ।

चुनावमा हरेक संगठनका उम्मेदवार आ- आफ्नो प्यानलबाट विभिन्न पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् भने स्वतन्त्र उम्मेदवार पनि विभिन्न पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *