April 9, 2021

कोरोना संक्रमण दर बढेकाले अनलाइन बाट पठनपाठन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

प्रेम ताडी,चैत्र२७,सुखड,

विद्यालय उमेर समूहका बालबालिकामा कोरोनाको जोखिम बढेपछि अनलाइन बाट पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको आग्रह गरेको छ ।

नेपालमा बालबालिकालाई सङ्क्रमण हुने क्रम बढेपछि कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीलाई अनलाइनबाटै पठनपाठनको व्यवस्था गराउन सिफारिस गरिएको हो । नेपालमा अहिले स्कुले बालबालिका र १८ वर्षभन्दा कम उमेरकालाई सङ्क्रमण बढ्दै गएको पाइएको छ । यसअघि यो उमेर समूहमा सङ्क्रमणदर सात दशमलव ४ प्रतिशत रहेकोमा अहिले दोब्बरभन्दा बढीले बढेर १६ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *