April 10, 2021

आइपिएल को उद्धघाटन खेलमा आरसीबिको विजयी सुरुवात, मुम्बई २ विकेटले पराजित

प्रेम ताडी,चैत्र २८, सुखड,

आइपिएलको उद्धघाटन खेलमा आरसीबिले मुम्बई इण्डियन्सलाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्धघाटन खेल गएराति चेन्नाई मा सम्पन्न भएको छ । उक्त खेल डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र रोयल चालेन्जर्स बैंग्लोर बीच भएको थियो । उक्त खेलमा रोयल चालेन्जर्स बैंग्लोरले २ विकेटको सनसनी पूर्ण जीत निकालेको छ ।

मुम्बईको दिएको १६० रनको विजयी लक्ष्य पछ्याएको आरसीबिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्यो । उसका लागि एबी डिभिलियर्स र ग्लेन म्याक्सेवलले आक्रामक ब्याटिङ गरे । डिभिलियर्सले २७ बलमा ४८ र म्याक्सेवलले २८ बलमा ३९ रन बनाए ।त्यस्तै, कप्तान विराट कोहलीलले ३३ र वासिङ्टन सुन्दरले १० रनको योगदान दिए ।

बलिङ तर्फ भने मुम्बईका जसप्रीत बुमराह, मार्को जनसेनले दुई/दुई, कुणाल पाण्ड्या र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए । चेन्नाई मा यस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा १५९ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर क्रिस लिनले सर्वाधिक ४९रनको योगदान गरे,त्यस्तै सूर्यकुमार यादवले ३१, इशान किशन ले २८,र कप्तान रोहित शर्मा ले १९ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले भने राम्रो स्कोर जोड्न सकेनन् ।

उता बलिङ तर्फ भने हर्षल पटेलले सर्वाधिक ५ विकेट लिए । उनले चार ओभरमा २७ रन खर्चिए । त्यस्तै वाशिङ्टन सुन्दर र कायल जेमिसनले समान १/१ विकेट लिए ।आज दिल्ली र चेन्नाईको खेल हुने भएको छ । खेल नेपाली समय अनुसार राति सात ७:४५ बजे देखि सुरु हुनेछ । चेन्नाई को कप्तानी धोनी ले गर्दै छन् भने दिल्लीको कप्तानी पन्तले गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *