July 20, 2021

भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित थपिए

कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९४ जनाको मृत्यु भएको छ ।यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ ।

उनीहरुमध्ये १ करोड १९ लाख ९० हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।हाल भारतमा १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित छन् ।पछिल्ला केही दिनमा कोरोना संक्रमणबाट भारतमा हालसम्म १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *