July 19, 2021

आइपिएलमा मुम्बईको पहिलो जित,कलकत्ता १० रनले पराजित

प्रेम ताडी,२०७८ वैशाख १, सुखड,

इन्डियन प्रिमियर लिग मा मुम्बईले पहिलो जित दर्ता गराएको छ राती भएको खेलमा कलकत्तालाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्स ले कलकत्ता नाइट राइडर्स लाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५२ रन योगफल खडा गर्यो । उसका लागि सूर्यकुमार यादवले अर्धसतकीय पारी खेले उनले ३६ बलमा ५६ रन बनाए । त्यस्तै कप्तान रोहित शर्मा ले ३२ बलमा ४३,हार्दिक पाण्ड्या र क्रूणाल पाण्ड्याले समान १५/१५ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्क रन जोड्न सकेनन् ।

त्यस्तै वालिङमा केकेआरका अन्द्रे रसेल ले आइपिएलमा अहिले सम्मकै उत्कृष्ट बलिङ गरे उनले दुई ओभर बलिङ गर्दै १५ रन खर्चेर पाँच विकेट लिए । त्यस्तै प्याट कमिन्सले दुई, प्रशिद्ध कृष्णा, शाकिवअल हसन र वरुण चक्रवर्तीले एक/एक विकेट हात पारे ।

टस जितेर पहिले बलिङ रोजेको केकेआर ले १५३ रनको विजयी लक्ष्य पायो ।

उक्त लक्ष्य लिएर मैदान उत्रेको कलकत्ता ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर जम्मा १४२ मात्र बनाउन सक्यो उसका लागि नीतीश राणाले सर्वाधिक ४७ बलमा ५७ रनको अर्धसतकीय पारी खेले पनि त्यो जीतका लागि प्रयाप्त भएन त्यस्तै शुभमन गिल ले रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क मा रन जोड्न सकेनन् ।

त्यस्तै वालिङमा मुम्बईका राहुल चाहरले चार, ट्रेन्ट बोल्टले दुई र क्रुणाल पाण्ड्याले एक विकेट हात पारे ।

आज राती ७:४५ बजे चेन्नई मा हुने खेलमा रोयल चालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबाद बीच हुने छ । बैंग्लोरले आफ्नो पहिलो खेलमा मुम्बई इण्डियन्स लाई दुई विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो भने हैदराबाद भने आफ्नो पहिलो खेलमा कलकत्ता नाइट राइडर्स संग १० रनले पराजीत भएको थियो ।

आज हैदराबाद पहिलो जितको खोजीमा हुने छ भने बैंग्लोर अपराजित यात्रा लागि दोस्रो जितको खोजीमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *