April 19, 2021

त्रिकोणात्मक सिरिजमा आज नेपाल र मलेसिया भिड्दै

प्रेम ताडी,सुखड कैलाली,चैत्र ६

त्रिकोणात्मक सिरिज क्रिकेट अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै छन ।

शनिबारबाट अन्तर्राष्ट्रिय टियु मैदानमा सुरु भएको त्रिकोणात्मक सिरिज क्रिकेटमा आज खेलको तेस्रो तथा नेपालले आफ्नो दोस्रो खेलमा मलेसिया संग खेल्न लागेको हो । खेल दिउँसो १:१५ बजे टियु मैदानमा सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्डलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो भने मलेसिया हिजो भएको नेदरल्याण्डसंगको खेलमा १५ रनले पराजित भएको थियो ।

आज नेपाल उच्च मनोबलका साथ मैदान उत्रिदाँ उता मलेसिया पनि नेपाललाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ । भने नेपाल लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिने छ । अहिले सम्म मलेसिया र नेपाल बीच भएका खेलमा धेरै जस्तो खेलमा नेपाल हावी हुँदै आएकाले पनि आज नेपाल घरेलु मैदानको फाइदा उठाउँदै उच्च मनोबल लिएर मैदान उत्रने छ ।

तर उता मलेसियाका युवा ब्याट्सम्यान वीरन्दीप सिंह पनि लयमा देखिएकाले नेपाललाई सहज भने हुने छैन।

नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् भने मलेसियाको कप्तानी अहमद फेज ले गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *