July 20, 2021

माओवादी केन्द्रको स्थायी कमिटि बैठक आज बस्दै, नयाँ सत्ता समीकरण र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल

डेमोक्रेसी नेपाल, ६ वैशाख,

नेकपा (माओवादी केन्द्र)को बैठक आज बस्दै र उक्त बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सत्ता समीकरण बारे छलफल हुने जनाइएको छ ।

आज माओवादी केन्द्रको बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिडाँडामा दिउँसो एक बजे बोलाइएको जनाएको छ ।

समसामयिक राजनीतिक विषयमा र पार्टीको आगामी योजनाबारे छलफल गर्न आज बैठक बस्न लागेको केन्द्रिय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

आजको उक्त बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने माओवादी नेताहरु बताउँछन् ।

गत फाल्गुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भंग गर्दै माओवादी केन्द्र व्युँताइदिएपछि अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा छन् ।

तर, नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन फिर्ता भने लिन सकेको छैन । समर्थन फिर्ता नलिँदा नयाँ सरकार बन्न नसकेको भनेर प्रतिपक्षी दलका नेताहरुले माओवादीको आलोचना गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *