April 19, 2021

सहरी क्षेत्रका विद्यालय वैशाख महिना भरि बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, बैशाख ६

वैशाखभर कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण जोखिमका कारण वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिए ।

यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।

कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *