July 18, 2021

त्रिकोणात्मक सिरिजको एक खेल अगावै नेपाल फाइनलमा प्रवेश

प्रेम ताडी, सुखड, चैत्र ८,

आज मलेसिया र नेदरल्याण्ड बीच भएको खेल बराबरीमा सकिएको छ । खेल बराबरी भए लगत्तै नेपाल भने समूह चरणको एक खेल खेल्नु अगावै फाइनल प्रवेश गरेको छ ।

काठमाण्डौ मा सञ्चालित त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपाल भोलिको खेल खेल्नु अगावै फाइनल प्रवेश गरेको छ । फाइनल खेलमा नेपालले नेदरल्याण्डसंग प्रतिस्पर्धा गर्ने छ । फाइनल खेल शनिबार हुनेछ ।

मलेसिया भने आजको खेल नेदरल्याण्ड संग बराबरी गरेसँगै बाहिरिएको छ । तर आफ्नो समुहाचरणको अन्तिम खेल नेपालसँग भोलि दिउँसो १:१५ बजे खेल्ने छ ।

आज भएको खेलमा वर्षका कारण १० ओभरमा छुट्याइएको थियो । नेदरल्याण्डले निर्धारित १० ओभरमा ९२ रनको लक्ष्य दियो तर मलेसियाले निर्धारित १० ओभरमा ९१ रन बनाए सँगै खेल बराबरीमा सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *