July 19, 2021

लामो वार्ता पछि माधव नेपालको प्रतिक्रिया : कुराकानीमा कुनै प्रगति छैन

बैशाख ९,

लामो समय पछि एमाले अध्यक्ष अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ट नेता माधव कुमार नेपाल बीच भएको सम्वाद अर्थात् भेटवार्ता सकिएको छ ।

आन्तरिक विवादका कारण नेपाल र ओली बीच संवाद नभएको डेढ महिना भइसकेको थियो । उक्त लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । र सोही कुराकानी आज पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।

भेट सकिए पछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका नेता नेपालले भने, “कुराकानीमा कुनै प्रगति छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *