April 22, 2021

समुह चरणको अन्तिम खेलमा नेपालद्वारा मलेसिया पराजित,शीर्ष स्थानमा रहँदै फाइनलमा नेपाल

प्रेम ताडी,वैशाख ९ ,सुखड

फाइनलमा पुगिसकेको नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा पनि मलेसियालाई ६९ रनले पराजित पराजित गर्दै शीर्ष स्थानमा रहँदै फाइनल मा प्रवेश गरेको छ ।

आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा नेपाल र मलेसिया बीच भएको मा नेपालले मलेसियालाई फराकिलो हार चखाएको छ ।

पहिले टस जितेर फिल्डिङ रोजेको मलेसियाले नेपालद्वारा २१७ रनको विशाल लक्ष्य पायो ।

जवाफी २१८ रनको विजयी लक्ष्य लिएर मैदान छिरेको मलेसिया १९.१ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो । उसका लागि अनिमउद्दीन रेम्लीले ४१, कप्तान अहमद फैजले ३१, फित्री सामले १४, वीरन्दीप सिंहले १३ र मुहम्मद वाफिकले १२ रन बनाए । भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क मा रन जोड्न सकेनन् ।

नेपालका लागि कमल सिँ ऐरी, सोमपाल कामी र सन्दीप लामिछानेले तीन/तीन विकेट लिए भने सुसान भारी ले एक विकेट लिए ।

त्यस्तै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१७ रन बनायो । नेपालका लागि करण केसीले उत्कृष्ट पारी खेले उनले १३ बलमा सात छक्का को मद्दतमा ४५ रन बनाए । त्यस्तै आशिफ शेखले ४२,कप्तान ज्ञानेन्द्र मल्लले ४१,दीपेन्द्र सिँ ऐरीले ३३, कुशल मल्ल १९ मा अविजित,भने कुशल भुर्तेलले १६ रन बनाएर आउट भए ।

त्यस्तै बलिङमा मलेसियाका लागि सैयद अजीज, अनवर रहमान र फित्री सामले सर्वाधिक दुई/दुई विकेट लिए ।

यो जित सँगै नेपाल लिगको शीर्ष स्थानमा उक्लिदै फाइनलमा पुगेको छ । भने दोस्रो स्थानमा रहँदै नेदरल्याण्ड पनि फाइनल पुगेको छ । उपाधिका लागि फाइनल खेल पर्सी शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *