July 19, 2021

एमाले महाधिवेशन आयोजक समिति बैठक आज

बैशाख १०,

नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । एमालेका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सञ्चार माध्यमलाई जानकारी दिनु भयो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएको माधव नेपाल पक्षसँग एक्लाएक्लै छलफल गरेपछि बोलाइएको महाधिवेशन आयोजक समितिको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ । आजको बैठकबाट ओलीले नेपाल पक्षका केही नेताहरुलाई कारबाहीको निर्णय गर्न सक्ने अनुमान छ ।

यसअघि वैशाख ६ गते बसेको महाधिवेशन आयोजक समितिको बैठक नेपाल पक्षले बहिस्कार गरेको थियो । सो बैठकले नेपाल पक्षका २७ सांसदहरूलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर आज पनि नेपाल – खनाल समूह उपस्थित नहुने सम्भावन पनि रहेको देखिन्छ ।

पार्टी अनुशासन विपरीत गुटबन्दी गरेको आरोप ओली समूहले नेपाल समूहलाई लगाउँदै आएको छ । यही बीचमा कर्णाली प्रदेशसभामा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएपछि ओली झन् रुष्ट भएका छन् । बालुवाटार बैठकबाट फ्लोर क्रस गर्ने नेताहरुलाई कारबाहीको निर्णय हुन सक्ने एक नेताले बताए ।

महाधिवेशन आयोजक समितिको बैठक अघि ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग नक्शालस्थित मेरियट होटलमा दुई दिनसम्म छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *