July 19, 2021

तपाईको मास्क खोइ ? अभियान बहादुरगन्जमा

प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु

दैनिक रूपमा संक्रमित बढ्दै गएपछि कोरोना भाइरस रोकथामको लागि बहादुरगन्ज प्रहरीले नयाँ तरिका अपनाएको छ । ‘तपाईको मास्क खै भन्दै बहादुरगन्जका प्रहरी प्रमुख नायब निरीक्षक धर्मराज भण्डारी सडकमा उत्रिएका छन ।

प्रहरीले शुक्रबार देखि बहादुरगन्जको विभिन्न ठाउँहरूमा प्लेकार्ड सहितको र्याली आयोजना गरि सन्देश मुलक सूचना प्रवाह गर्दै आएको छ । मास्क नलगाई हिंड्ने जो कोही व्यक्तिलाई ‘तपाईको मास्क खोइ ? भन्दै मास्क समेत वितरण गर्ने गरेको इलाका प्रहरी कार्यालय बहादुरगन्जका नायब निरीक्षक धर्मराज भण्डारीले बताए । कोरोना भइरसबाट जोगिनका लागि मास्क लगाउनु पर्छ भन्ने सन्देस दिँदै मास्क वितरण गर्ने गरेको नायब निरीक्षक भण्डारीले बताए

भौतिक दुरी कायम राख्नुका साथै घर बाहिर निस्किदा मास्कको प्रयोग गरी आफु र आफ्नो परिवारलाई सुरक्षित गराउन भण्डारीले आग्रह समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *