April 24, 2021

फाइनल खेलमा नेपालद्वारा नेदरल्याण्ड विरुद्व कृतिमानी विशाल लक्ष्य प्रस्तुत

प्रेम ताडी,कैलाली

त्रिकोणात्मक सिरिज क्रिकेट अन्तर्गत फाइनल खेलमा नेपालले नेदरल्याण्डलाई कृतिमनी २३९ रनको विशाल लक्ष्य दिएको छ ।

फाइनल खेलमा टियु मैदानमा पहिले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र तीन विकेट गुमाएर २३८ रन बनायो नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरे उनले ५३ बलको सामना गर्दै तीन छक्का र आठ चौका को मद्दतमा ७७ रन बनाएर आउट भए । त्यस्तै कुशल मल्लले २४ बलको सामना गर्दै पाँच छक्का र दुई चौका को मद्दतमा ५० रनमा अविजित रहे । त्यस्तै दीपेन्द्र सिं ऐरी ले बिस्पोटक ब्याटिङ गरे । उनले मात्र १८ बलको सामना गर्दै तीन छक्का र पाँच चौकाको मद्दतले ४८ रनमा अविजित रहे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आशिफ शेखले १६ रन बनाएर आउट भए ।

यस्तै बलिङमा नेदरल्याण्डका फिलिप बोइसेभ्यानले दुई र सेबस्टियान ब्राटले एक विकेट लिए ।

जारी प्रतियोगितामा कुशल भुर्तेलको यो चौथो अर्धसतक हो । उनले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

नेपालले बनाएको यो अन्तर्राष्ट्रिय टि २० क्रिकेटमा सबै भन्दा ठूलो स्कोर हो

अब केही छिनमा नेदरल्याण्ड २३९ रनको विशाल लक्ष्य लिएर मैदान प्रवेश गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *