July 19, 2021

कैलालीमा कोरोना संक्रमित एक जनाको मृत्यु

वैशाख,१२

कैलालीमा एकजना कोरोना संक्रमितको मृत्युु भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ की ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

आईसीयूमा उपचाररत ती महिलाको आइतवार बिहान साढे ५ बजेतिर मृत्युु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनमा निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या थियो । उनलाई यही वैशाख ७ गते अस्पताल भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *