July 19, 2021

सेती अस्पतालमा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना पुस्टि

धनगढीः सुदूरपश्चिममा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। 

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  ९० नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। संक्रमितमध्ये १४ जना धनगढी उपमहानगरपालिका र १ जना गोदावरी नगरपालिकाका रहेका सूचना अधिकारी श्रेष्ठले बताए। 


हाल अस्पतालमा ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, १६ जना मोडरेट र २५ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *