July 19, 2021

घोडाघोडी मा भोलि देखि सुचारु हुने परीक्षा स्थगित

वैशाख १३ सुखड

आज घोडाघोडी नगरपालिका ले एक सूचना जारी गर्दै घोडाघोडी नगरपालिका का विद्यालय तहमा हुने सबै परीक्षा अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको जनाएको छ । भोलि अर्थात् बैशाख १४ गते देखि हुने भनिएका विद्यालय स्तरीय परीक्षा कोरोना महामारीका कारण भौतिक उपस्थि गराएर परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले स्थगित गरिएको जानकारी गराएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिँहद्धारा हस्ताक्षरित सुचनामा यदि कोही कसैले सुचना विपरित कार्य गरेमा सम्बन्धित व्यक्ति ,विद्यालय जिम्मेवार हुने जानकारी गराइएको छ ।

साथै सुचनामा बालबालिकाहरूको स्वास्थ्य अवस्थालाइ मध्यनजर गरि सम्पुर्ण अभिभावक लाइ आफ्ना बालबालीकालाइ कोभिड १९ को सङ्कट बाट बचाउन भिडभाड हुने स्थानहरुमा जान नदिन तथा बालबालीकाहरुलाइ प्रत्यक्ष निगरानिमा राख्न समेत अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *