July 18, 2021

कोरोना संक्रमण दर ओकालो लाग्दै,आज ४८९७ जना संक्रमण पुष्टि

१५ वैशाख,

पछिल्लो २४ घण्टामा थप ४८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *