April 29, 2021

सुदूरपश्चिममा थप चार जना कोरोना संक्रमितको मृत्यु

वैशाख १६ सुखड,

सुदुरपश्चिममा थप ४ जना कोरोना सँक्रमितको मृत्यु भएको छ । कञ्चनपुरका ३ र कैलालीका एक जना सहित थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोककी ४६ वर्षीया महिलाको विहीबार विहान १२ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । सुगर र प्रेसरको बिरामी रहेकी उनलाई स्वाशप्रस्वाश मंगलबार उपचारका लागि सेती प्रादेशिक अस्पताको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । पीसीआर चेक गर्दा बुधबार ११ बजेतिर उनमा कोरोना पोजेटीभ देखिएको थियो ।

उता कञ्चनपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिकाका ३० बर्षीय युवकको राती १२ः३० बजे ,भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे,र भिमदत्त नगरपालिका १८ कि ३६ बर्षिय एक महिलाको बिहिबार बिहान ७ ः ३० बजे मृत्यु भएको महाकाली अस्पतालले जानकारी दिएको छ ।

भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्र्टी नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पोजेटिभ पनि देखिएकाले उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए ।दोधारा चाँदनी नगरपालिकाका ३० बर्षीय युवकलाई मंगलवार अस्पतालमा उपचारको लागी भर्ना गरिए पनि उनमा कडा खालको निमोनिया देखा परेको थियो । उनि भारतबाट आएको र भारतमै उनमा समस्या देखा परेको थियो । यस्तै बैशाख ११ गते अस्पताल भर्ना भएकी भिमदत्त नगरपालिका १८ कि ३६ बर्षिय एक महिलाको उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *