July 19, 2021

राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको अधिवेशन आह्वान

sf7df8f}F,#! c;f/ M /fi6«klt lgjf;df a'waf/ cfof]lht sfo{qmdf] cfly{s jif{ @)&^÷&& sf] jflif{s k|ltj]bgdf x:tfIf/ ub}{ /fi6«klt ljBfb]jL e08f/L . t:jL/ M rGb|snf If]qL,/f;;

बैशाख २०

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले विशेष अधिवेशन आह्वान गरेकी हुन ।

यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले आफूमाथि संसद्को विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्ने प्रावधान छ ।

हालसम्म नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यस हिसाबले सरकार प्राविधिकरूपमा बहुमतमै छ । तथापि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले आफ्नो पद जोगाउन १ सय ३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १ सय २१ सिट छ भने नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको ३४ सिट छ । त्यसै गरी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र स्वतन्त्र सांसदको १(१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना सांसद निलम्बित छन् । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *