July 18, 2021

कोरोना भाइरस हुँदा बिरामीका आँखा बिगार्ने घातक कालो ढुसीको सङ्क्रमण देखा पर्न थाल्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, नेपालमा पनि फाट्टफुट्ट देखिएको छ। अहिलेसम्म हामीकहाँ तीन/चारवटा रिपोर्ट आएको छ।

उनका अनुसार काठमाण्डू र सीमावर्ती सहर वीरगन्जका बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ।

भारतका विभिन्न सहरका कोभिड बिरामीमा त्यो विरल सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो।

भारतका विभिन्न सहरका कोभिड बिरामीमा त्यो विरल सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो।

भारतका विभिन्न सहरका कोभिड बिरामीमा त्यो विरल सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो।

फ्यामिली फिजिशन तथा आकस्मिक रोग विशेषज्ञ डा.उदयनारायण सिंहका अनुसार मानिसको शरीरमा रोगप्रतिरोधी क्षमता एकदम कमजोर भएको बेला यो सङ्क्रमण हुन्छ।म्यूकोर्माइकोसिसले विशेषगरी हाम्रा आँखा, नाक, फोक्सो र साइनसमा असर गर्छ। कहिलेकाहीँ यसले हाम्रो दिमागमा पनि जटिलता निम्त्याउँछ, उनले थपे।

रेटिना विशेषज्ञ डा.तुल्स्यानका अनुसार म्यूकोर्माइकोसिसका कारण आँखा नै गुमाउनुपर्ने अवस्था निम्तिन सक्छ।

यदि समयमै यसको उपचार गराइएन भने दृष्टि गुम्ने मात्रै होइन आँखा नै झिकेर फाल्नुपर्ने अवस्था आउन सक्छ, उनी सजग गराउँछन्।
यो कालो ढुसीले हाम्रो आँखा भएको खोपिल्टोलाई सङ्क्रमित गर्छ। आँखाभित्र त्यसले मासुको जस्तो काम गर्छ जसका कारण हाम्रो आँखा नै बाहिर आइदिन्छन् र काटेर फाल्नुपर्ने हुन्छ।

यसका लक्षण कस्ता हुन्छन् ?
मान्छेको मस्तिष्कमा सङ्क्रमण पुगेको खण्डमा टाउको दुख्ने, बान्ता हुने, शरीरमा कमजोरी हुने जस्ता लक्षण देखिने डा.तुल्स्यान बताउँछन्। 

यदि फोक्सोमा सङ्क्रमण पुगेको छ भने नाकबाट सिँगान बग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र छिटो थकाइ लाग्ने लक्षण देखिन सक्छ, उनले भने।

त्यसका साथै सङ्क्रमित व्यक्तिका आँखा सुन्निने तथा दुख्ने, नाक बन्द हुने र नाकबाट कालो पदार्थ पनि आउने लक्षण देखिन सक्ने डा। सिंह बताउँछन्। विशेषगरी एकपट्टिको आँखा वा नाक अथवा एकापट्टिको साइनसमा यसको प्रभाव देखिन्छ, उनले थपे।

वीरगन्जमा देखिएका घटना
वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत डा.सिंहका अनुसार एक साताअघि पहिलो पटक एक ६७ वर्षीय कोभिड बिरामीमा म्यूकोर्माइकोसिसको लक्षणहरू फेला पारिएको थियो।

उहाँ मधुमेहको बिरामी हुनुहुन्थ्यो। कोभिडको उपचार हुँदै गर्दा सात दिनपछि उहाँमा आँखा दुख्ने समस्या देखियो। त्यसपछि आँखा सुन्निँदै गयो र आँखाबाट रगत आउने समस्या पनि देखियो, उनले भने।

म्यूकोर्माइकोसिसको शङ्कास्पद बिरामी लागेर हामीले परीक्षण गर्ने भन्यौँ। तर त्यो गर्न नपाउँदै उहाँ बित्नुभयो।

रेटिना विशेषज्ञ डा. तुल्स्यानका अनुसार केही दिनअघि अर्का एक कोभिड बिरामीमा पनि म्यूकोर्माइकोसिसका लक्षण देखिएपछि थप उपचारका लागि काठमाण्डू पठाइएको थियो।

कोभिडका बिरामीहरू निको भएर बिस्तारै फर्किन थालेकाले म्यूकोर्माइकोसिसको समस्या आउँदा दिनमा थप देखिन सक्ने जोखिम रहेको डा. सिंह औँल्याउँछन्।
‘हामीलाई चाहिने औषधि र उपकरण भयो भने हामी जसरी पनि महामारी पन्छाएर छाड्छौँ’

धेरै जोखिम कसलाई हुन्छ
अहिले कोभिड(१९ का बिरामीको उपचारका क्रममा स्टेरोइडको अत्यधिक प्रयोगले पनि म्यूकोर्माइकोसिसको समस्या देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतम औँल्याउँछन्।

यो एन्टी(फङ्गल औषधि हो। यो खानेहरूमा म्यूकोर्माइकोसिसको समस्या देखिन्छ। हामीकहाँ बिरामीको शरीरमा अक्सिजनको मात्रा अलिकति घट्दा समेत स्टेरोइडको प्रयोग गरेको देखियो जुन त्यति आवश्यक थिएन, उनले भने।

मधुमेहका रोगी, जलेका बिरामी र क्यान्सरका बिरामीमा यो समस्या बढी देखिने गरेको रेटिना विशेषज्ञ डा। तुल्स्यान बताउँछन्।

अहिले आएर कोभिड–१९ थपिएको छ। कतिपय कोभिड बिरामीले १० दिन र कतिपयले १२ दिनसम्म पनि स्टेरोइड प्रयोग गरिरहेको पाइएको छ।

त्यसमा पनि यदि कोभिड बिरामी मधुमेहको बिरामी छ भने घातक अवस्था हुन जान्छ। मधुमेह, कोभिड र स्टेरोइड यी तीनवटाको घातक संयोग हुने भयो, उनले थपे। चिकित्सकको परामर्शबिनै स्टेरोइडको अत्यधिक प्रयोगले पनि कोभिड बिरामीमा म्यूकोर्माइकोसिस भएको हुन सक्नेमा रेटिना विशेषज्ञ डा। तुल्स्यान पनि सहमत देखिन्छन्।

त्यसबाहेक श्वासप्रश्वासमा समस्या देखिने कोभिड बिरामीलाई ह्यूमिफाइडु अर्थात् ओसयुक्त अक्सिजन दिने गरिएकाले निस्सङ्क्रमित नगरिएको उपकरणबाट पनि सङ्क्रमण सर्न सक्ने सम्भावना उनी औँल्याउँछन्।

कसरी जोगिने र उपचार के छ
रोगप्रतिरोधी क्षमतालाई कमजोर बनाउने स्टेरोइडको प्रयोगमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ।

कोभिड भयो कि घरमै बसिरहेका बिरामीले आफूखुसी स्टेरोइडको प्रयोग गर्ने गरेको पाइएको छ। चिकित्सकको परामर्शबिना त्यसो गर्नुभएन,डा. तुल्स्यान भन्छन्।

त्यस्तै मधुमेहका रोगी, दमका बिरामी, मिर्गौला रोगी आदिले चनाखो हुनुपर्ने डा.सिंह बताउँछन्। उहाँहरूले आफ्नो नियमित परीक्षण गराइराख्नुपर्छ। स्टेरोइडको प्रयोगको सीमिततालाई बुझ्नुपर्ने हुन्छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कालो ढुसीबाट सङ्क्रमितको उपचारमा ुएम्फोटेरिसिन बीु औषधिको प्रयोग गरिन्छ। हामीले कालाजारमा त्यसको प्रयोग गर्दै आएका छौँ। केही त हामीसँग छ तर फेरि यता प्रयोग गर्नुपर्ने भएपछि कालाजारका लागि जोहो गर्नुपर्ने हुन्छ, उनले भने।

भारतमा कालो ढुसीबाट सङ्क्रमित हुने कोभिड बिरामी बढ्न थालेसँगै कतिपय ठाउँमा उक्त औषधिको अभाव देखिएका विवरण सार्वजनिक भएका छन्। बीबीसी नेपालीबाट
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *