May 25, 2021

काँग्रेसको सामन्ती सोच र माओवादीको उग्रवादी चिन्तनमा रुपान्त्रण खोई ?


वीरेन्द्र रावल
१० बर्षे शसस्त्र जनयुद्धको पृष्ठभूमिबाट शान्तिपूर्ण राजनीतिमा आएको एकिकृत नेकपा माओवादी र धार्मिक,साँस्कृतिक र राजनीतिक रुपले सामन्ती सोचका साथ अगाडी बढेको नेपाली काँग्रेस पार्टीमा अँझै राजनीतिक चिन्तनमा परिवर्तन आउन सकेको देखिदैन ।
२०५२ साल फागुन २ गतेबाट जनयुद्धको थालेको तत्कालिन नेकपा माओवादीका कारण देशले ठूलो घाटा व्यहोर्न बाध्य भयो । नेपाली जनताका बाँच्न पाउने सारा अधिकारहरु खोसिए । नेपाली काँग्रेसले नेतृत्व गरेको सरकार र माओवादीको जंगली राजका कारण नेपाली जनताका छोरा छोरीले विनाकारण ज्यान जोखिममा पार्नु पर्यो ।
१० बर्षे जनयुद्धका क्रममा सरकार र माओवादी दुवै पक्षबाट १७ हजार नेपाली जनताले ज्यान गुमाउनु गुमाउन बाध्य भए । शहरमा नेपाली काँग्रेस नियन्त्रीत सेना र जंगलमा माओवादीका सेनाको जर्जरमा नेपाली जनताले १० बर्ष सम्म कहाली लाग्दा दिनहरु व्यतित गर्नु पर्यो ।
तत्कालिन अवस्थामा दुवै पक्षबाट चरम मानव अधिकार उल्लंघनका घटनाहरु हुन पुगे । बालबालिका,सञ्चारकर्मी, निहत्था जनता, शिक्षक,कर्मचारी,महिला देखि सडकमा जीवन गुजारा गरेर बस्ने मानिसहरुले समेत सरकार माओवादीको द्धन्द्धको चपेटामा पर्नु पर्यो ।
सेना र प्रहरीको बलबाट माओवादी जनयुद्धलाई समाप्त गर्नुपर्दछ भन्ने नेपाली काँगेस नियन्त्रीत सुरक्षा बल र पुरानो सत्तालाई बन्दुकबाटै परास्त गर्नु पर्दछ भन्ने दिवा स्वप्नाका साथ जंगली राज माओवादीबाट सञ्चालन गरियो । जस्को कारण नेपाल र नेपाली जनताले दिगो शान्ति सपनामा साँचेर बस्नु पर्ने अवस्था थियो ।
त्यो राजनीतिक अनि अराजनीतिक पृष्ठभूमि भएका नेपाली काँग्रेस र नेकपा माओवादीका कारण देशको विकास ५० बर्ष पछाडी धकेलीन पुग्यो । विकास निर्माणका पूर्वाधारहरु नष्ट गरिए । त्यसैको असर आज सारा नेपाली जनताको मन मस्तीस्कमा ताजै छ ।
शहरमा काँग्रेसी आतंक र जंगलबाट माओवादीको चरम उग्रवादी शैलीका कारण शान्ति भन्ने कुन चराको नाम होला भन्ने आभाष नेपाली जनताले गर्न बाध्य भए । सत्तामा आफु भन्दा अरु आउन नहुने भन्ने नेपाली काँग्रेसको सामन्तवादी चिन्तन र जंगली राजको दम्भबाट ओतप्रोत नेकपा माओवादीले ग्रामिण क्षेत्र देखि शहरी क्षेत्रमा राजनीति गतिविधी हुन नपाओस् भन्ने उग्रवादी चिन्तनले नेपाली जनतामा समेत अराजनीतिक गतिविधी र उग्रपन्थको लेप घसिन थाल्यो । जस्ले गर्दा नेपाललाई नेपाली काँग्रेस र माओवादीका कारण हरेक प्रगतिका प्रयासहरुमा ठेष लाग्न पुग्यो । देशमा शान्ति कुन चरिको नाम हो र हत्या हिंसा विनाको नेपाल सम्भव रहलाकी भन्ने चिन्ता नेपाली जनतामा देखा पर्यो ।
अहिलेको परिस्थीति नेपाल बडो संकटको घडिमा छ । नेपाली जनता कोभिडको चपेटामा छन् । मानिसहरु विरामी पर्दा अस्पतालमा उपचार पाउन सक्ने अवस्थामा छैनन् । विरामीलाई अस्पताल चाहार्दा चाहार्दै बाटोमै मृत्युवरण गर्नुपर्ने अवस्था विद्यमान छ ।
नेपाली जनता त्रासको वातावरणका बिच आज होकी भोली भन्ने चिन्ताले ग्रसित भैरहेका बेला भने नेपालमा सत्ता परिवर्तनका चरम घिन लाग्दा खेलहरु थालिएका छन् ।
नेपाली काँग्रेस जस्तो प्रमूख प्रतिपक्ष दलको जून रचनात्मक भूमिका देखा पर्नु पर्ने हो त्यो पटक्कै देखिएन । नेपाली काँग्रेस पार्टी भित्रको सामन्तवादी चिन्तन र राजावादी चिन्तनका कारण वर्तमान लोकतन्त्रलाई समाप्त पार्ने खेलहरु पनि अदृष्य रुपमा हुन थालेका छन् । अहिले जे जति लोकतन्त्रका कुरा फँलाके पनि नेपाली काँग्रेसको नेतृत्व गरिरहनु भएका पार्टीका सभापति शेर बहादुर देउवा शाहीकालका प्रधानमन्त्री मात्र थिएनन् उनलाई पूर्वराजा ज्ञानेन्द्रले असफल प्रधानमन्त्रीको ट्याग लगाएर सरकारबाट गलहत्याएका थिए । तींनै शेर बहादुर देउवा नेपाली काँग्रेस भित्रको ७४त्तरे र ३२ को गुट मध्ये ३२ से गुटका नाईने पनि थिए । उनैले स्व. गिरीजा प्रसाद कोईरालाबाट पार्टी फुटाएर नेपाली काँग्रेस प्रजातान्त्रिक बनाएर हाल सम्म नेपाली काँग्रेसलाई एक ढिक्का बनाउन नसकेका एक खल पात्रका रुपमा लिन सकिन्छ । त्यस्तै जीवनभर पार्टीको अध्यक्षमा दोस्रो व्यक्तिलाई प्रवेशनै गर्न नदिने अधिनायकवादी चिन्तन र उग्रवामपन्थी सोचका पुष्पकमल दाहाल प्रचण्डका कारण मोहन बैद्य,डा. बाबुराम भटट्राई,राम बहादुर थापा,मणी थापा,नेत्र बिक्रम चन्द(विप्लव)ले त्यसै पार्टी परित्याग गरेका थिएनन् । यो नेपाली राजनीति ईतिहासमा घामझै छल्र्लंग देखिने कुरा हो । यस तितो र यर्थाततालाई कसैले पनि ढाकछोप गरेर लुक्नेवाला पनि छैन ।
नेपाली राजनीतिमा लामो १५ बर्ष पार्टीको महासचिव बनिसकेका माधव कुमार नेपाल आज नेपाली राजनीतिका एक खल पात्र र अस्थिरताका उत्प्रेरक बनेर देखा परेका छन् । पार्टीको ९औं महाधिवेशनबाट अध्यक्ष पदबाट पराजित भएका नेपालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक कार्यकाल पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री बनेको देख्न समेत नचाहनु पदलोलुप,अवसरवादी र अराजकतावादी सोच बाहेक अरु केही पनि हुन सक्दैन ।
नेपालको लोकतान्त्रिक ईतिहासमा आफ्नै सरकारलाई हटाउनका लागि माओवादी केन्द्र र नेपाली काँग्रेसको गोटी बनेर संसदमा फलोर क्रस गर्ने जस्ता दुस्साहस कर्णाली प्रदेशबाट बुझ्न सकिन्छ भने दोस्रो उदाहरण शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि २७ जनाको हस्ताक्षर गर्ने जस्ता कार्यले पनि माधव कुमार नेपालको अराजनीतिक सोचको पर्दाफास भएको छ । समाजवादी दलका उपेन्द्र यादव,डा. बाबुराम भटट्राईको त कुरै छाडौं । यींनका राजनीतिक छोटा विवेकहरु पनि छताछुल्ल भएका छतन् पदकालागि के सम्म गर्न सक्छन् लोलुपहरु भन्ने कुरा । नेपाली जनताले कोभिड विरुद्ध सारा राजनीतिक दलहरु एक जुट भएर लागुन । उपचार सर्वशुलभ होस् । अस्पतालमा अक्सिजन प्राप्त गर्न सकियोस् । अक्सिजन नपाएर जीवनको भिक मागिरहेका जनताको वाँच्न पाउने अधिकारका पक्षमा प्रतिपक्ष दलहरु लाग्नु पर्नेमा सत्ताको दुर्गन्धीत खेलमा लाग्न पुगेका देखिन्छन् । खासगरी नेपालको राजनीतिमा उग्रवादी चिन्तन बोकेको माओवादी र सामन्ती चिन्तनको राजनीतिक संस्कारबाट अलग हुन नसकेको नेपाली काँग्रेस जस्ता पार्टीको पद लोलुप चिन्तनको शिकार देश भैरहेको छ । यसबाट देशलाई किनारा लगाउनका लागि अव सरकारले सारा नेपाली जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने र नेपालमा कोरोना संक्रमणको दरलाई न्यून गर्दै स्वास्थ्य मापदण्डलाई प्रत्येक ग्रामिण क्षेत्र सम्म पुगाएर मध्यावधी निर्वाचनको तिथी र मिति तोकिएकोले उपयुक्त समयमा निर्वाचनलाई सम्पन्न गर्नुको विकल्प नेपाल र नेपालीकालागि अरु केहिपनि नभएकाले त्यस दिसामा सरकार अघि बढ्नु पर्दछ भने प्रतिपक्ष दलहरुले पनि अराजनीतिक संस्कार र सोचलाई त्यागेर देशलाई निकास दिनेबाटोमा सरकारसंग हातेमालो गरेर अघि बढ्नुको विकल्प देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *