July 18, 2021

घोडाघोडी नगरपालिका द्वारा ८९ करोड ९९ लाखको बजेट प्रस्तुत’

असार १० सुखड- घोडाघोडी नगरपालिकाले १३ औँ नगर सभा तथा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सहित  ८९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ ।आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सहित  ८९ करोड ९९ लाख ३३ हजार बराबरको बजेट नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले बिहीबार प्रस्तुत गरेका हुन् ।  घोडाघोडी नगरपालिकामा ५ वटा शीर्षकमा बजेट विवरण गरिएको छ । जस अन्तरगत कुल बिकास बजेटको सबै भन्दा बढी ४३.४२ प्रतिशत बजेट पुर्वधार विकासमा छुट्टाइएको छ भने सबै भन्दा कम बन वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा २.७६ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यसै गरी प्रशासनिकव्यवस्थापनका लागी २६.४५ प्रतिशत,आर्थिक विकास तर्फ ७.६६ प्रतिशत र सामाजिक विकास तर्फ १९.७१ प्रतिशत बजेट छुट्टाइएको छ । घोडाघोडी नगरपालिकाको आय स्रोतमा आन्तरिक आय अनुमानित ४ करोड ५० लाख रुपैयाँ रहेको छ । यसै गरी, राजस्व बाँडफाँड १४ करोड ७५ लाख ६५ हजार, वित्तीय समानीकरण अनुदान अन्तरगत सङ्घीय सरकारबाट १९ करोड ६३ लाख र प्रदेश सरकारबाट १  करोड ४५ लाख ८८ हजार गरी २१ करोड ८८ लाख ८ हजार रुपैयाँ, विशेष अनुदान २ करोड ६३ लाख, समपूरक अनुदान २ करोड ३३ लाख ३६ हजार रहेको छ ।  त्यस्तै  सशर्त अनुदान सङ्घीय सरकार बाट ३४ करोड ६७ लाख, प्रदेश सरकार बाट ५१ लाख १४ हजार गरी ३५ करोड १८ लाख १४ हजार, अन्य अनुदान पर्यटन मन्त्रालय बाट १ करोड १५ लाख, गर्त वर्षको अनुमानित नगद मौज्याद ३ करोड र अधुरा योजनाको भुक्तानी दिन बाँकी जम्मा बजेट ५ करोड ३५ लाख ३० हजार गरी नगरपालिकाको जम्मा प्रस्तावित बजेट ८९ करोड ९९ लाख ३३ हजार ६ सय ७२ रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रममा सबै नागरिकलाई साक्षर बनाउने आधारभूत तथा माध्यामिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दे माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिएको छ । नेपाली अर्थतन्त्रको भरपर्दो आधारको रुममा रहेको कृषिमा टुटेको उत्पादन सम्बन्धलाई कोरोना महामारी पश्यात प्राप्त हुने सम्भावनालाई पुनर्स्थापित गर्ने अवसरको रुपमा लिँदै कृषि क्रान्तितर्फ साधन र स्रोत परिचालन गरिने नीति लिएको छ । उत्पादनका साधनका सबै नागरिकको पहुँच स्थापित गर्ने र लाभको न्यायोचित वितरण गर्ने प्रणालीको विकासमा बजेटले ध्यान दिएको नीतिमा उल्लेख गरीएको छ । स्वास्थ्यको क्षेत्रमा सबै नागर बासीलाई सहज र सरल रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन समेत विभिन्न कार्यक्रमहरू नगरपालिका समेट्ने प्रयास गरेको नगर प्रमुख ममता प्रसाद चौधरीले बताए । प्रस्तुत नीति तथा कार्यक्रम पारित भए सँगै नगरको १३ औँ नगर सभाको अर्को बैठक असार १५ गते बस्ने गरी स्थगित गरीएको छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *