July 18, 2021

घोडाघोडी बाट खैरो हिरोइन सहित २ जना पक्राउ

असार २० सुखड– कैलालीको घोडाघोडी नगरपालिका बाट खैरो हिरोइन सहित २ जनालाई पक्राउ गरिएको छ । नगरपालिकाको वडा नं. १ का शान्तिनगरका १९ वर्षीय श्याम मगर र सोही वडाको सुखडका २३ वर्षीय विशाल थापा पक्राउ परेका हुन ।
उनीहरूको साथबाट ९ ग्राम ३६० मिलिग्राम लागु औषध खैरो हिरोइन, ४ वटा मोबाइल थान, ४६ वटा ५ सय दरको भारतीय रुपैयाँ, ३६ वटा ५ सय दरको नेपाली रुपैयाँ र ७१ वटा १ हजार दरको नेपाली रुपैयाँ गरी जम्मा १ लाख २७ हजार १ सय रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
घोडाघोडी मन्दीर नजिक पुर्व पश्चिम महेन्द्रराजमार्गमा संकास्पद रुपले बसी रहेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *