July 21, 2021

घोडाघोडी ताल क्षेत्रलाई संरक्षण तथा चोरी निकासी नियन्त्रण गर्न सयुक्त गस्ती अभियान शुरु।

सुखड-घोडाघोडी क्षेत्र संरक्षण तथा जन जागरण मन्चको आयोजना र बृहत घोडाघोडी पर्यटन बोर्डको सहयोगमा
बिश्व रामसार सुचिमा सुचिकृत कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी ताल क्षेत्रमा चोरी निकासी नियन्त्रण गर्ने कार्यक्रम गरि गस्ती शुरु गरिएको छ।सो कार्यक्रममा सामुदायिक बन, फेकोफन सब डिभिजन बन कार्यालय सुखड ,ईलाका प्रहरी कार्यालय सुखड,स्थानिय प्रशासनको संयोजत्वमा सयुक्त गस्ती टोलि परिचालन गरिएको छ।यो गस्ती नियमित रुपमा हुने बताइएको छ।आज पहिलो दिनको गस्तिमा ट्युब,बल्छी,धोचा,जाल,गुलेली बरामद सहित ब्यक्ति पक्राउ गरेको र आज पहिलो दिनलाइ चेतावनी दिएर छोडिएको र आइन्दा भेटिए कानुनी कार्यबाही गरिने घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मंचका अध्यक्ष हेम बमले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *