July 22, 2021

ओली र नेपाल समूहका सांसदहरुले सुरु गरे एकता अभियान

नेकपा एमाले दुवै समूहका सांसदहरू पार्टी एकता अभियानमा लागेका छन्।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु पार्टी एकता अभियान सुरु गरेका छन् ।

​सिंहदरबारमा बसेको अध्यक्ष ओली र नेपाल समूहका सांसदहरु विभाजन रोक्न सहमत भएका छन् । यो अभियानमा ओली तर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक र लालप्रसाद लगायत छन्, भने नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल र जयकुमार राई लगायत सहभागी छन् ।

एकता जोगाउन सुरु भएको अभियानलाई सशक्त बनाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *