July 22, 2021

कोञ्ज्योसोममा ‘जोन्सन एण्ड जोन्सन’को खोप

(FILES) A file photo taken on November 17, 2020 shows vials with Covid-19 Vaccine stickers attached and syringes with the logo of US pharmaceutical company Johnson & Johnson. - Johnson & Johnson has applied for authorisation for their coronavirus vaccine in the EU with a decision possible by the middle of March, the European Medicines Agency said on February 16, 2021. (Photo by JUSTIN TALLIS / AFP)

 अमेरिकाले उपलब्ध गराएको एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप शुक्रबार दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा लगाइने भएको छ ।

पचास वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य, सरसफाइकर्मी समेतलाई खोप लगाउने कार्यक्रम तय भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवलकिशोर महतोले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकाको पाँचै वडाका स्वास्थ्य चौकीमा यस खोप लगाउने अभियान रहँदा पायक पर्ने स्थानमा जान अनुरोध गर्दछु ।” ललितपुरका अन्य पाँच पालिकामा भने सोमबार, मङ्गलबार र बुधबार गरी तीन दिन जोन्सनको खोप लगाइसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *