July 22, 2021

षड्यन्त्रकारी नन्दी भ्रिंगीसँग सहकार्य गर्ने कांग्रेसको नीति सुरुवातदेखि नै हो : केपी ओली

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रविरोधी शक्तिसँग सहकार्य गर्ने कांग्रेसको नीति रहेको बताएका छन् ।

अध्यक्ष ओलीले कांग्रेस प्रतिक्रियावादीसँग मिलेको आरोप लगाउदै दमनकारी नीति स्थापनाकालदेखि नै लिएको आजको नीति पनि त्यही रहेको बताएका हुन् ।

पुष्पलालको स्मृति दिवसमा ललितपुरको च्यासलमा भएको कार्यक्रममा बोल्दै उनले कांग्रेस सुरुवातदेखि नै लोकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न तयार नभएको आरोप लगाएका छन् ।

२००७ सालमा देश नै छाडेर हिँडिसकेका राजालाई नेपालमा फर्काउने काम कांग्रेसको नै गरेको स्मरण गराउदै ओलीले अनेकथरी षड्यन्त्रकारी नन्दी भ्रिंगीसँग सहकार्य गर्ने कांग्रेसको नीति रहेको बताएका छन् ।

आफू प्रगतिशील भएकाले कांग्रेसले सहकार्य गर्न नचाहेको बताउदै उनले कांग्रेसले कहिले पनि प्रगतिशिलसँग मिल्ने नीति नलिएको आरोप लगाए।

साथै ओलीले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । उनले बाटो बिराएर अन्यत्र जाने नेताहरुलाई भने( ‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *