July 23, 2021

उत्तेजनामा आएर मैले राजीनामा गरेको थिइनँ : रावल

एमाले उपाध्यक्ष भीम रावलले आफूले उत्तेजनामा आएर सांसद पदबाट राजीनामा नदिएको बताएका छन्। उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएसँगै ट्विटमा उल्लेख गरेका छन्, ‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति ,राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ।’

सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुध्दिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको उनले बताएका छन्।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा आफ्नै समूहभित्र विवाद हुँदा रावलले आवेशमा आएर राजीनामा बुझाएका थिए।तर, पार्टीभित्रबाट चर्को दबाब परेपछि उनले राजीनामा फिर्ता लिएका हुन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *