July 23, 2021

साताको शेयर : परिसुचक १ सय २० अंकले बढ्यो

यो साता धितोपत्र दोस्रो बजारमा नेपाल स्टक एक्सेन्च नेप्सेमा उछाल आएको छ । यो साता नेप्से परिसुचक १ सय २० अंकले बढेको हो ।

गत साताको अन्तिम दिन बिहीबार २८ सय ८३ दहशमलब ४१ अंकमा बन्द भएको परिसुचक यो साताको अन्तिम दिनसम्म आउँदा १ सय २० दशमलब ९२ अंकले बढेर ३ हजार ४ दशमलब ३३ को बिन्दुमा पुगेको हो ।

नेप्से यो साताको उच्च बिन्दु ३ हजार १८ सम्म रहेको छ तर अल टाइपको हाइएस्ट रेकर्ड हेर्दा नेप्से परिसुचक ३ हजार २५ सम्मको बिन्दुमा पुगेको छ ।

यो साता नेप्सेमा १२ करोड ५५ लाख ६६ हजार ७ सय २ कित्ता शेयर ४ लाख १९ हजार ४७ पटकको कारोबारमा कुल ४१ अर्ब २१ करोड ६२ लाख रुपैंया बराबरको शेयर कारोबार भएको छ । यो साता कारोबारको पाँच दिनमा शेयर चार दिन मात्र कारोबार भएको थियो ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएसंगै शेयर बजार बन्द रहेको थियो । यस साता नेप्सेमा सेयर कारोबार रकम पनि समग्रमा राम्रो देखिएको छ । सबैभन्दा धेरै आइतबार ११ दशमलब ६४ अर्ब रुपैयाँको कारोबार भएको थियो । मंगलबार भने सबैभन्दा थोरै ७ दशमलब ८९ अर्ब रुपैयाँको कारोबार भएको थियो ।

यस साता औसतमा दैनिक कारोबार रकम १० दशमलब ६२ अर्ब रुपैयाँ देखिएको छ । यस साता सूचीकृत सबै समूहको सूचकमा वृद्धि भएको छ । सबैभन्दा धेरै म्युचुअल फन्ड समूह १६ दशमलब २४ र व्यापारिक समूह ७ दशमलब ३५ वृद्धि भएको छ । यस्तै, बैंकिङ समूहमा पनि ७ दशमलब ०३ सुधार आएको छ । यस साता धेरै कमाउनेको सूचीमा अधिकांश म्युचुअल फन्डका लगानीकर्ता देखिएका छन ।

लक्ष्मी उन्नती कोषले २ सय ५५ र लक्ष्मी इक्विटी फन्डले ३ सय ५५ लाभांश घोषणा गरेपछि लगानीकर्ता म्युचुअल फन्डमा आकर्षित भएको देखिएको छ । धेरै गुमाउनेमा यस साता राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर मूल्य सबैभन्दा धेरै ५ दशमलब ५५ ले घटेको छ । त्यसपछि, गोर्खाज फाइनान्स ५ दशमलब ४४ र सारथि नेपाल लघुवित्त ४ दशमलब ६६ ले घटेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *