July 24, 2021

कपिलवस्तुको कृष्णनगरमा पूर्ब प्रधानमंत्री भट्टराईको पुतला दहन

रवि प्रकाश कसौधन

कपिलबस्तु हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै कपिलबस्तुमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई विरुद्ध प्रदर्शन भएको छ ।

हिन्दु युवा शक्ति कपिलबस्तुका कार्यकर्ताले कपिलबस्तुको कृष्णनगर को गोलघर चोकमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा भट्टराईको पुत्ला समेत जलाइएको थियो ।

भट्टराईले सामाजिक सञ्जल मार्फत् हिन्दू धर्ममाथि विवादित अभिव्यक्ति सार्वजनिक गरेका थिए । डा. भट्टराई हिन्दू धर्मविरूद्ध गतिविधिमा संलग्न रहे पनि पार्टीले कारबाही नगरेकोमा हिन्दुबादी संगठन असन्तुष्ट बनेका छन।

नाराबजी सहित कृष्णनगरको गोलघरमा प्रदशॅन गरिएको जानकारी हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी अध्यक्ष विकास चतुर्वेदी ले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *