कैलालीमा पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय आज सकिदै


कैलालीमा पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय आज राती १२ बजे सकिदैछ। जिल्लामा कोरोना रोकथामका लागि प्रशासनले साउन ११ गते सम्म निषेधाज्ञा जारी गरेको थियो ।
सो अवधिमा सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलीने दर्शकसहितका खेलकुदबाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन हुदै आएका छन् । यस्तै सार्वजनिक सवारी साधन र नीजि सवारी साधन यथावत रुपमा सञ्चालन भईरहेका छन् ।
अब मंगलबार अर्थात साउन १२ गते देखि निषेधाज्ञालाई निरन्तरता दिने या नदिने भन्ने बिषयमा आज दिउँसो जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकबाट थप निर्णय हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।