July 28, 2021

कैलालीमा मोटरसाइकालले ठक्कर दिदा एक गाइ मरयो , चालक सहित ३ जना घाइते

कैलालीमा मोटरसाईकलको ठक्करबाट एउटा गाई मरेको छ। जिल्लाको गोदावरी नगरपालिकाको गेटास्थित मोहनापुल अत्तरिया ६ लेन सडकमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट गाइ मरेको प्रहरीले जनाएको छ।
धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको से १ प ८९९५ नम्बरको मोटरसाईकल गाइसँग ठोक्किँदा मोटरसाइकल चालकसहित ३ जना घइते भएका छन्। घाइते हुनेमा गोदावरी नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय रोशन कठायत, ३८ वर्षीय खेम भट्ट र ४५ वर्षीय लोकराज भट्ट रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल भने इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *