घटेन कोरोना संक्रमण दर झन इकालो लाग्दै,आज पनि ३६ सय ११ जना संक्रमित


१५ साउन
नेपालमा केही दिन देखि ओकालो लागेको कोरोर्ण संक्रमण दर आज पनि घटेन आज नेपालमा कोरोना भाइरसका ३ हजार ६ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ९३ हजार १ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ हजार ८ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ५२ हजार २ सय ६१ जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अनुसार आज १४ हजार १६४ जनाको परीक्षणबाट २४६७ जना पिसीआर र ११ सय ४४ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट आज थप २७ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ९ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।