August 21, 2021

बग्धौली सिचाई संस्थाको २० औँ वार्षिक साधारण सभा घोडाघोडिमा सम्पन्न

भाद्र ५ सुखड – कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको बग्धौली सिचाई जल उपभोक्ता संस्थाको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धन बहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहेका थिए । विशिष्ट अतिथि जलस्रोत सिचाई डिभिजनका प्रतिनिधि कृष्ण कडायत लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को १ लाख ८३ हजार ९ सय ३१ रुपैयाँ ६५ पैसा बराबरको आर्थिक आय–व्यय संस्थाका कोषाध्यक्ष हरी लाल सापकोटाले सार्वजनिक गरेका थिए । घोडाघोडीमा रहेको विराट सनातन धर्म संस्कृत मा.वि को सभा हलमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सचिव टेक राज आचार्यले गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *