May 25, 2022

कैलालीका केही स्थानिय निकाय द्वारा बिना प्रतिस्पर्धा कमिसनकै लागि लाखौंको बिज्ञापन नामै नसुनेका पत्रीका लाई दिए।

सुखड- असोज १५,कैलाली जिल्लाका केही स्थानीय निकाय द्वारा सुचना लुकाउन कमिसन खान र चाहेको ठेकेदार लाई ठेक्का पार्न ठेकेदार तथा केही निश्चित संचार कर्मी सङ मिलि लाखौ रकम खर्चिएर बिना प्रतिस्पर्धा स्थानिय स्तरमा जनतालाइ थाहा नहोस भनेर काठमाडौ बाट बिज्ञापनका लागि मात्र केही थान मात्र प्रकाशन हुने पत्रीका लाई दिने गरेको र सो पत्रीका कैलाली लगाएत देश का कुनै पनि जिल्लामा नपुग्ने हुनाले औपचारिकता मात्र पूरा गर्न लाई दिने गरिएको खुलेको छ।त्यसो गर्दा कसैले पनि सुचना नपाउने र सेटिङमा प्रतिस्पर्धा नहुने गरि ठेकेदार कम्पनीले काम पाउने भन्ने बुझ्न सकिन्छ।जिल्लाको घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउपालिका ले सुचनाका लागि भनेर लाखौंको बिज्ञापनमा खर्च गरिएको छ त्यति धेरै रकम खर्च गर्दा स्थापित राष्ट्रिय पत्रीकाको अग्रभागमा छापिन सक्थ्यो ।तर सुचना लुकाउनै का लागि प्रभाव तथा मथ्यान्ह नाम गरेको पत्रीकालाई सूचनाका लागि बिज्ञापन दिने गरेको पाइएको छ।यसरी जनताको अँखामा छारो हाली भ्रष्टाचार लाई मलजल गर्ने काम भैरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *