September 2, 2021

भोलीदेखि कैलालीका सम्पुर्ण विद्यालयमा पठनपाठन शुरु हुने(जिल्ला प्रशासनको आदेश सहित)

धनगढी,१७ भदौ । कैलालीमा भोलीदेखि विद्यालय सुचारु हुने भएका छन् । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा पनि भोलीदेखि विद्यालय खुल्ने भएका हुन् ।
जिल्ला प्रशासा कार्याल य कैलालीको बिहीबारका बसेको बैठकमा भोली देखि असोज १ गते सम्म विद्यालय खुल्ने सहमती भईसकेको जनाएको छ । यदपि छलफल भने जारी रहेको छ । असोज १ गतेदेखि अवस्था हेरेर अर्को छलफल गरी निर्णय गरिने आजको बैठकमा छलफल भएको छ । यस अघि यहाँका स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायले शैक्षिक संस्था सुचारु गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै आएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *